काठमाडौ- धनगढी प्रिमियर लिग डीपीएल अक्सनको पहिलो चरणमा ८१ जना खेलाडीहरुको नाममा बोलि लागेको छ । पहिलो चरणमा हालसम्म २९ जना खेलाडीहरुलाई टिमहरुले खरिद गरि सकेका छन् ।
हालसम्म बिक्रि भएका खेलाडीहरु मध्ये बिनोद भण्डारी, ललित भण्डारी र आरिफ शेख सर्वाधिक मूल्यमा बिक्रि भएका छन् । बिनोद भण्डारी र ललित भण्डारीलाई रुपन्देही च्यालेञ्जर्सले तथा आरिफ शेखलाई महेन्द्रनगर युनाइटेडले रु. २ लाख ५० हजारमा खरिद गरेको हो।
अक्सनमा एउटा टिमले ११ जना खेलाडी खरिद गर्न अधिकतम रु. १२ लाख खर्च गर्न पाउदा पहिलो चरणमा रुपन्देही च्यालेञ्जर्सले ९ जना खेलाडी खरिद गर्न ११ लाख ५ हजार रुपैयाँ खर्च गरिसकेको छ। अब रुपन्देहीले ३ जना खेलाडी राख्न मात्र ९५ हजार रुपैयाँ मात्र खर्च गर्न पाउनेछ।
कुन टिमले कसलाई कतिमा खरिद गर्यो
काठमाडौँ गोल्डेन्स (ज्ञानेन्द्र मल्ल)
किनेको खेलाडी : बिक्रम भुसाल- १ लाख ६० हजार, अबिनभ यादब- ३० हजार, राशिद खान- १ लाख ७० हजार
महेन्द्रनगर युनाईटेड (शरद भेसावकर)
किनेको खेलाडी : अविनाश बोहारा - १ लाख ७० हजार, आरिफ शेख - २ लाख ५० हजार ८, अमर सिंह रौटेला - १ लाख २० हजार, सागर ढकाल - १ लाख
रुपन्देही च्यालेञ्जर्स (बसन्त रेग्मी)
किनेको खेलाडी : ललित भण्डारी - २ लाख ५० हजार, प्रदिप ऐरि - २ लाख ४० हजार, पुरन बिक - ५० हजार, सन्दिप सुनार - १ लाख १० हजार, अनिल खरेल - ३० हजार, सुमित महर्जन - ७५ हजार, बिनोद भण्डारी - २ लाख ५० हजार
सीवाईसी अत्तरिया (दिपेन्द्र ऐरि)
किनेको खेलाडी : जितेन्द्र सिंह ठकुरी - ७५ हजार, भुवन कार्की - २ लाख १० हजार, दिपेन्द्र रावत- ३० हजार
धनगढी स्टार्स (सोमपाल कामि)
दिपेश श्रेष्ठ - ८०,०००, सौरभ खनाल - १ लाख ६० हजार, बिपिन खत्री - ९५,००० , हरि बहादुर चौहान - ९५ हजार, अमित श्रेष्ठ - १ लाख ८० हजार
बिराटनगर किंग्स (करन केसी)
कुशल भुर्तेल - १ लाख ६० हजार, अर्जुन अधिकारी - ३० हजार, किशोर महतो - १ लाख, संसाद शेख - ७५ हजार, राजेश पुलामी - ७५ हजार, आसिफ शेख - १ लाख ८० हजारधनगढी प्रिमियर लिग - टिम र रणनीतिक खेलाडीहरु
धनगढी स्टार्स - सोमपाल कामि, महेन्द्रनगर युनाइटेड - शरद भेसावकर, बिराटनगर किंग्स -करन केसी
रुपन्देही च्यालेन्जर्स - बसन्त रेग्मी, काठमाडौँ गोल्डेन्स - ज्ञानेन्द्र मल्ल, सीवाईसी अत्तरिया -दिपेन्द्र ऐरि
अक्सनमा सहभागी खेलाडीहरुले आफ्नो मूल्य ३० हजार न्युनतम राखेका छन् भने टिमले २ लाख ५० हजारसम्म बोलि लगाउन पाउने नियम रहेको छ। २ लाख ५० हजार १ भन्दा बढी टिमले बोलि लगाए गोला प्रथाबाट खेलाडी कुन टिममा जाने चयन गरिन्छ।
धनगढी प्रिमियर लिगले यो संस्करण पनि आफुलाई देशकै ठुलो धनराशीको प्रतियोगिता गर्ने घोषणा गरेको छ। यस अघिको संस्करणमा डिपिएल विजेताले २५ लाख पुरस्कार पाएको थियो । पोखरा प्रिमियर लिगले विजेतालाई २७ लाख राशि दिएको हुँदा यो पटक डिपिएलले त्यो भन्दा बढी रकम विजेतालाई प्रदान गर्नेछ ।
डीपीएलको पहिलो र दोस्रो संस्करणको विजेता टिम चौराह धनगढी हो । पहिलो संस्करणमा उसले विराटनगर किंग्स र दोस्रो संस्करणमा काठमाडौं गोल्डन्सलाई पराजित गर्दै उपाधि उचालेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४