सोमबार, असोज १९, २०८३

नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता

 |  सोमबार, पुस १५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस १५, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबीच सहमतिपत्र आदानप्रदान भएको हो।

समझदारीअनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान भाषा शिक्षण, अनुसन्धान कार्यसञ्चालनका लागि काम गर्नेछन्। यसैगरी, बेइजिङमा नेपाल इन्स्टिच्यूट र लुम्बिनीमा चाइना इन्स्टिच्यूट स्थापना हुनेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीको गत मङ्सिर १७ देखि २० गतेसम्म भएको औपचारिक भ्रमणका क्रममा चीनसँग स्वयंसेवी चिनियाँ भाषा शिक्षणसम्बन्धी समझादारी भएको थियो।

सो अवसरमा प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि जनस्तरमा समेत सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीच प्राज्ञिक र शैक्षिक सम्बन्ध र सहकार्य विस्तार भएकामा खुसी व्यक्त गरे।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारी, लुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्य र नेपालस्थित चिनियाँ दूतावासका अधिकारीलगायत उपस्थिति रहेको थियो।

प्रकाशित: Dec 30, 2024| 15:47 सोमबार, पुस १५, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नविन्द्रराजको अधुरो सपना पूरा गर्ने संकल्पसहित नेतृत्व यात्रामा सपना राजभण्डारी

निष्ठा, समावेशिता र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आदिवासी जनजाति महिलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी सपना राजभण्डारी जोशीको राजनीतिक यात्रा।