शुक्रबार, पुस ४, २०८२

नेप्से २१ अंकले ओरालो, साढे पाँच अर्बको कारोबार

 |  आइतबार, पुस १४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस १४, २०८१

काठमाडौं- यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.१२ अंकले घटेर दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएको छ।

National life

आज तीन सय १६ कम्पनीको एक करोड १० लाख ९९ हजार दुई सय ३९ कित्ता सेयर ६६ हजार सात सय ७४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४७ करोड ४८ लाख ६८ हजार सात सय ६४ बराबरको कारोबार भएको हो।

लघुवित्त एक दशमलव १२, म्युचुअफ फन्ड शून्य दशमलव १८ र अन्य समूह शून्य दशमलव २९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। वित्त समूह सबैभन्दा धेरै चार दशमलव ४७ र विकास बैंक समूह दुई दशमलव ६५ प्रतिशतले घटेको छ।

बैंकिङ शून्य दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव ६१, जलविद्यूत् एक दशमलव ७३, लगानी शून्य दशमलव ६६, जीवन बीमा शून्य दशमलव २९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८१, निर्जीवन बीमा शून्य दशमलव १२ र व्यापार समूह एक दशमलव ०३ प्रतिशतले घटेको छ।

आज पाँच वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो।

Laxmi sunrise bank
kumari

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको रू २६ करोड १० लाख ८२ हजार छ सय ६४ बराबरको १० लाख ६५ हजार छ सय ५५ कित्ता सेयर किनबेच भएको छ।

प्रकाशित: Dec 29, 2024| 16:43 आइतबार, पुस १४, २०८१
प्रतिक्रिया दिनुहोस्