शुक्रबार, पुस ४, २०८२

आइएमईबाट पैसा पठाउँदा एक करोड पुरस्कार

 |  शनिबार, पुस १३, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, पुस १३, २०८१

काठमाडौं- विदेशमा कमाएको रकम इन्टरनेसनल मनि एक्सप्रेस (आइएमई) द्वारा नेपाल पठाएबापत प्रमिला रोकायाले रु एक करोड पुरस्कार जितेकी छन्।

National life

जापानको क्योदाइबाट आइएमई रेमिट्यान्समार्फत रकम पठाएकी उनलाई आइएमई ग्रुपले पुरस्कारबापत रु एक करोडको चेक हस्तान्तरण गरेको हो । 

कैलालीको गोदावरी नगरपालिका–९ स्थित बल्मी टोलकी रोकायलाई आज कैलाली पुगेर ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरे। चेक बुझेपछि उनले आइएमईमार्फत पैसा पठाउँदा प्राप्त भएको रकमबाट बुबाआमाका लागि घर बनाइदिने योजना रहेको बताइन्।

गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौँमा सार्वजनिक ‘लक्की ड्र’मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति ‘क्याम्पेन’को भाग्यशाली विजेता बनेकी थिइन्।

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिट्यान्समार्फत पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना  अन्तर्गत भाग्यशाली सेवाग्राही छनोट गरेको हो । 

Laxmi sunrise bank
kumari

आइएमईले एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यमका रूपमा आइएमई गरी पठाउने सेवाग्राहीमध्ये एक जनाले रु एक करोड नगद जित्ने योजना सार्वजनिक गरेको थियो । साथै प्रत्येक महिना एक जनाले रु एक लाख नगद प्राप्त गरेका छन् । 

आइएमई गरी ‘आइएमई पे वालेट’, बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राही यो योजनामा सहभागी हुन सक्नेछन् । आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो योजना ल्याइएको आइएमईले जनाएको छ । 

प्रकाशित: Dec 28, 2024| 19:37 शनिबार, पुस १३, २०८१
प्रतिक्रिया दिनुहोस्