काठमाडौं- देशकै सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग (डीपीएल)को तेस्रो संस्करणमा पहिलेका दुबै संस्करणमा च्याम्पियन बनेको टीम चौराह धनगढी न खेल्ने भएको छ ।
प्रतियोगितामा लगातार दुई संस्करणको विजेता बनेको टीम चौराह धनगढी तेस्रो संस्करणमा सहभागी नहुने भएको हो । पहिलो संस्करण पारस खड्काको कप्तानीमा र दोस्रो संस्करण सोमपाल कामीको कप्तानीमा टीम चौराह च्याम्पीयन बनेको थियो ।
पहिलो र दोस्रो संस्करणमा राजकुमार श्रेष्ठ, गगन केसी, सुर्य गुरुङ पुष्कर ओझा लगायतको स्वामित्वमा यस टिमले जनाएको थियो । तर, तेस्रो संस्करणमा घरेलु टोलीको नाममा कृष्ण बोहोरा मालिक रहेको धनगढी स्टार्स रहने छ ।
टीम मालिक वोहोराले सामाजिक सञ्जालमा धनगढी स्र्टाको लोगो फेशवुक पेज लगायतका सामाग्रीहरु राखेका थिए । तर आयोजक धनगढी क्रिकेट एकेडेमीले यस वारेमा अक्सन अघि जानकारी दिएको छैन् ।
दोस्रो संस्करणमा पनि कञ्चनपुर आईकोनिकको ठाउँमा टीम परिवर्तन हुँदै महेन्द्रनगर युनाईटेडले सहभागीता जनाएको थियो । घरेलु टीम परिवर्तन भएपनि अन्य टीमहरु यथावत रहेका छन् ।
विराटनगरको किंग्स, सीवाइसी अत्तरीया, काठमाडौं गोल्डेन्स, महेन्द्रनगर युनाईटेड र रुपन्देही च्यालेञ्जर्स सहित धनगढी स्टार्सले डिपिएलको अक्सनमा सहभागीता जनाउँदैछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४