मंगलबार, चैत २४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • मेस्सी र रोनाल्डोलाई पछि पार्दै नेयमार विश्वकै मुल्यवान् खेलाडी

मेस्सी र रोनाल्डोलाई पछि पार्दै नेयमार विश्वकै मुल्यवान् खेलाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ब्राजिलियन तथ पेरिस  सेन्ट जर्मेन (पिएसजी) का स्टार खेलाडी नेयमार विश्वकै सर्वाधिक मूल्यवान् फुटबलर बनेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमले गरेको सर्वेक्षणका अनुसार नेयमार विश्वकै सर्वाधिक मूल्यवान् फुटबलर बनेका हुन् ।

२६ वर्षीय नेयमारले बार्सिलोनाका लियोनल मेस्सी र युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई समेत पछि पारेका छन् । उनको कूल मुल्य २ सय २९ मिलियन युरो रहेको छ । यससँगै नेयमार सूचीको शीर्ष स्थानमा रहँदा मेस्सी भने तेस्रो स्थानमा छन् । मेस्सीभन्दा अघि पिएसजीकै युवा खेलाडी केलियन एमबाप्पे रहेका छन् ।

यता, यसै सिजको सुरुमा रियल मड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डो भने टप-१० मा परेका छैनन् । तर, रोनाल्डो इटालियन सिरी ए फुटबलको भने सर्वाधिक मूल्यावान् फुटबलर बनेका छन् । 

जसमा रोनाल्डोको मूल्यांकन १ सय ७ मिलियन युरो छ भने युभेन्टसकै पाउलो डिबाला ९५ मिलियनयसहित दोस्रोमा छन् । त्यसपछि इन्टर मिलानका माउरो इकार्डी ९० मिलियन युरोसहित तेस्रो स्थानमा छन् ।

को-को छन् टप-१० मा ?

नेयमार, पिएसजी (२२९.१ मिलियन)
केलियन एमबाप्पे, पिएसजी (२१५ मिलियन)

लियोनल मेस्सी, बार्सिलोना (२०३.३ मिलियन)
मोहमद सलाह, लिभरपुल (१६८.३ मिलियन)

ह्यारी केन, टोटनह्याम (१५१.१ मिलियन)
इडेन हाजार्ड, चेल्सी (१४८.२ मिलियन)

केभिन डि ब्रुयान, म्यानचेस्टर सिटी (१२९.४ मिलियन)
एन्टोनी ग्रीजम्यान, एथ्लेटिको मड्रिड (१२५.६ मिलियन)

पाउल पोग्बा, म्यानचेस्टर युनाइटेड (११९.३ मिलियन)
फिलिप्पे काउटिन्हो, बार्सिलोना (११८.२ मिलियन)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।