मंगलबार, असार ३१, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • संस्कृत, पोखरा र कृषि विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्रीसमक्ष लिए शपथ

संस्कृत, पोखरा र कृषि विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्रीसमक्ष लिए शपथ

 |  शुक्रबार, पुस १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १२, २०८१

vianetvianet

काठमाडौं- तीन वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको छ। नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको हो।

उनीहरूले शुक्रबार कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज पद तथा गोपनीयताको शपथ लिएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाको शपथ लिएका हुन्। प्रधानन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरुलाई कार्यकाल सफलताको कामना गरे। 

सो अवसरमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए।

प्रकाशित: Dec 27, 2024| 13:53 शुक्रबार, पुस १२, २०८१
प्रतिक्रिया दिनुहोस्