एजेन्सी- म्यानचेस्टर सिटीका युवा मिडफिल्डर ब्रहिम डियाज रियल मड्रिडमा अनुबन्ध हुने भएका छन । १९ बर्षीय डायज १५.५ मिलियन पाउण्डमा स्पेन जान लागेका हुन ।
सिटीका प्रशिक्षक पेप ग्वार्डियोलाले यसअघि नै डियाजलाई क्लवमै राख्नका लागि प्रयास भइरहेको बताएका थिए । तर रियल मड्रिडको अफरलाई सिटीले सहज रुपमा स्विकार गरेको छ ।
स्पेनको यू-२१ टिमका सदस्य डियाजको मुल्य २१ मिलियन पाउण्ड पुग्नसक्ने बताइएको छ । डियाजले सन् २०१३ मा १४ बर्षको उमेरमा मालागाबाट सिटीमा अनुबन्ध भएका थिए ।
उनले टिमबाट चार सिजनमा १५ खेलमा मैदानमा उत्रिएका छन । उनले पछिल्लो पटक काराबाओ कपमा लेस्टर विरुद्ध खेलेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४