मंगलबार, असार २४, २०८२

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

 |  बिहीबार, पुस ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ११, २०८१

vianetvianet

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको छ। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर नियन्त्रणमा लिएको यो बैंकको सेयर कारोबार बिहीबारदेखि रोक्का भएको गरिएको हो।

राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्दै  नियन्त्रणमा लिएको थियो। उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ।

समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप– निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको छ। राष्ट्र बैंकको उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारण सभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको छ।

 

प्रकाशित: Dec 26, 2024| 11:32 बिहीबार, पुस ११, २०८१
प्रतिक्रिया दिनुहोस्