मंगलबार, चैत २४, २०८२

‘ए’ डिभिजन लिग : सरस्वती र पुलिस भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
फाइल तस्बिर
 
काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम चरणको खेल शनिबारबाट सुरु हुँदा पहिलो दिन दुई खेल हुँदै छन् । दुबै खेल एपीएफको खेल मैदान हलचोकस्थित हुने छन् । 

पहिलो खेलमा जावलाखेल युथ क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुने छ । पहिलो पटक ‘ए’ डिभिजन लिग खेलिरहेको च्यासलले अपेक्षा अनुसारको नजिता निकाल्न सकेन । 

घरेलु फुटबलका राम्रा खेलाडी अनुबन्धन गरेर पनि उसले शीर्ष ६ भित्र आफुलाई अटाउन सकेन । जावलाखेलको समेत यसपटकको प्रर्दशन बिर्सन लायक रह्यो । च्यासल १५ अंक सहित तालिकाको आठौं स्थानमा छ । जावलाखेल १२ अंक सहित दशौँ स्थानमा छ ।

त्यस्तै शनिबार नै हुने दोस्रो खेलमा सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । तालिकाको नवौँ स्थानमा रहेको सरस्वतीलाई अंक घटुवाको डर छैन । विदेशी खेलाडीको भरमा लिगमा राम्रो नतिजा ल्याउने अपेक्षा क्लबको थियो । 

विभागीय टिम पुलिसका लागि रेलिगेशन विनाको लिग गतिलो रहेन । युवा तथा अनुभवी खेलाडीले भरिएको पुलिसले अपेक्षाकृत नजिता लिगमा निकाल्न सकेन । शीर्ष ६ भित्र ढुक्क हुन उसले सरस्वतीलाई हराउनुपर्नेछ । 

पुलिस १८ अंक सहित तालिकाको छैटौ स्थानमा छ । सरस्वती १३ अंक सहित तालिकाको नवौँ स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।