सोमबार, असोज १९, २०८३

भीम रावल एमालेबाट निष्कासित, विन्दा र उषाकिरण निलम्बनमा

 |  बुधबार, पुस १०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, पुस १०, २०८१

काठमाडौ‌- नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ।

बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाट हटाउने निर्णय गरेको हो। रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेकाले संगठित सदस्यबाट हटाउने निर्णय गरिएको बताइएको छ।

रावलले पछिल्लो पटक केन्द्रीय कार्यालय भवन निर्माणका लागि व्यापारी मीनबहादुर गुरूङबाट जग्गा र आर्थिक सहयोग लिने निर्णयप्रति विरोध जनाएका थिए। साथै स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनाले पनि यसको विरोध गरेका थिए। 

त्यसपछि गत ४ कात्तिकमा एमालेले रावल, पाण्डे र तिमल्सेनालाई स्पष्टीकरण सोधेको थियो। पाण्डे र तिमल्सेनाले स्पष्टीकरण बुझाए तर रावलले कुनै जवाफ दिएनन्। 

आजको सचिवालय बैठकले पाण्डे र तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ।
 

प्रकाशित: Dec 25, 2024| 19:42 बुधबार, पुस १०, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नविन्द्रराजको अधुरो सपना पूरा गर्ने संकल्पसहित नेतृत्व यात्रामा सपना राजभण्डारी

निष्ठा, समावेशिता र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आदिवासी जनजाति महिलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी सपना राजभण्डारी जोशीको राजनीतिक यात्रा।