मंगलबार, चैत २४, २०८२

फर्नान्डोको ह्याट्रिकले टोटनह्याम एफए कपको चौथो चरणमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- फर्नान्डो लोरेन्टेको ह्याट्रिकको मदतले प्रिमियर लिग क्लब टोटेनह्याम हस्टपर एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा टोटेनह्यामले दोस्रो श्रेणीको ट्रानमेर रोभर्सलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै कपको चौथो चरणमा प्रवेश गरेको हो । 

अवे खेलमा टोटेनह्यामलाई जित दिलाउन फर्नान्डो लोरेन्टेले ह्याट्रिक पूरा गर्दा सर्ज औरियरले २ गोल गरे । त्यस्तै ह्युङ मिन सन र ह्यारी केनले समान १-१ गोल गरे ।
टोटनह्याको दबदबा रहेको खेलको पहिलो हाफमा मात्र एक गोल भएको थिए । थप ६ गोल टोटनह्यामले दोस्रो हाफमा गरेको थियो । 

पहिलो हाफ सकिन ५ मिनेट बाँकी रहँदा सर्ज औरियरले गोल गर्दै टोटनह्यामलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा सुरुवात मै फर्नान्डो लोरेन्टे गोल गर्दै अग्रदा दोब्बर बनाए । 

उनले ४८औं मिनेटमा पहिलो गोल गरे । औरियरले ५५औं मिनेटमा गोल गरेपछि टोटेनहमले खेलमा ३-० को अग्रता बनायो । त्यसको दुई मिनेटपछि नै ह्युङ मिन सनले गोल थपेपछि टोटेनहम ४-० ले अघि बढ्यो । 

७१औं र ७२औं मिनेटमा लोरेन्टेले लगातार गोल गर्दै खेलमा ह्याट्रिक पुरा गरे । ८२औं मिनेटमा ह्यारी केनले गोल गरेपछि टोटेनहमले ७-० को फराकिलो जित निकाल्न सफल भयो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।