शुक्रबार, पुस ४, २०८२

ललितपुरमा चक्कु प्रहारबाट युवकको हत्या

 |  मंगलबार, पुस ९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ९, २०८१

National life
Laxmi sunrise bank
kumari

ललितपुरमा चक्कु प्रहारबाट एक जना युवकको हत्या भएको छ। 

च्यासलस्थित द टाउन क्याफेमा सोमबार राति सुनसरीको इटहरीका २३ वर्षीय नयन गुरुङको हत्या भएको हो। गुरुङको चक्कु प्रहारबाट हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

गुरुङको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। रेस्टुरेन्टमै काम गर्ने २६ वर्षीय हेमराज भट्ट, २२ वर्षीय जनकबहादुर तामाङ र ४१ वर्षीय पदमलाल भट्ट पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरूबीच रेस्टुरेन्टमा बिल तिर्ने विषयमा विवाद भएको थियो ।

प्रकाशित: Dec 24, 2024| 12:55 मंगलबार, पुस ९, २०८१
प्रतिक्रिया दिनुहोस्