शुक्रबार, पुस ४, २०८२

सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो

 |  मंगलबार, पुस ९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ९, २०८१

काठमाडौं- पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ। सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै पूर्वतिर फैलिँदै गरेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National life

महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कर्णाली प्रदेशमा पनि फैलिने बताए। यो प्रणाली विस्तारै गण्डकी र लुम्बिनी प्रदेशसम्म आउने उनले जानकारी दिए।

पूर्व सर्दै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिने उनले बताए। आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने लामिछानेले बताए।

उनका अनुसार अहिले वर्षा भने भइसकेको छैन। राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्ला वर्षा हुनसक्ने सम्भावना रहेको उनले जानकारी दिए।

महाशाखाले सोमबार साँझ सार्वजनिक गरेको विवरणमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने देखिएको छ।

Laxmi sunrise bank
kumari

हाल देशको सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी २४ घण्टामा बागमती प्रदेश र मधेश प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जानकारी गराएको छ।

चिसो बढ्न सुरु
मौसममा बदली भएसँगै नेपालमा पुनःचिसो बढ्न सुरु भएको छ। गत मङ्सिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर विस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको महाशाखाका मौसमविद् लामिछानेले उल्लेख गरे।

विभागको अभिलेखमा हाल काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस रहेको छ। यसअघि पुस ४ गते काठमाडौंको तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस थियो।

यस्तै सोमबार जुम्लाको न्युनतम तापक्रम माइनस ७ दशमलव ८ डिग्री सेल्सियस पुगेकामा पुस ४ गते त्यहाँ माइनस ७ दशमलव २ डिग्री सेल्सियस थियो। अन्य क्षेत्रमा पनि न्युनतम तापक्रम घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित: Dec 24, 2024| 07:07 मंगलबार, पुस ९, २०८१
प्रतिक्रिया दिनुहोस्