शुक्रबार, पुस ४, २०८२

राक्सिराङमा क्रिसमसको बिदा दुई दिन

 |  सोमबार, पुस ८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस ८, २०८१

काठमाडौं- इसाई धर्मावलम्बीहरूको ठूलो पर्व क्रिसमसको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले आज सूचना जारी गर्दै बिदा दिने निर्णय गरेको हो।

National life

इसाई धर्मावलम्बीहरूको उल्लेख्य बसोबास रहेकाले गाउँपालिकामा पुस ९ र १० गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रजकुमार मल्लले जानकारी दिएका छन्। दुई दिन गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्थाहरू बन्द रहनेछन्।

क्रिसमस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम राख्ने पालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Dec 23, 2024| 13:59 सोमबार, पुस ८, २०८१
प्रतिक्रिया दिनुहोस्