शुक्रबार, साउन २९, २०८३

भक्तपुरको बालकोटमा बाबुछोरा मृत फेला

 |  सोमबार, पुस ८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस ८, २०८१

भक्तपुरमा बाबुछोरा मृत अवस्थामा फेला परेका छन्। आज बिहान सूर्यविनायक नगरपालिका-२ बालकोट फिकाधारा टोलमा ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीन आचार्य मृत फेला परेका हुन्।

चार वर्षदेखि डेरा गर्दै आएका खोटाङ रुपाकोट मजुवागढी-१ का उनीहरु छुट्टाछुटै कोठामा मृत फेला परेका प्रहरीले जनाएको छ। कोठा बाहिरबाट ताला लगाइएको थियो।

फिकाधारास्थित एक पक्की घरमा दुई जना बाहिरबाट ताला लगाई भित्र अचेत अवस्थामा रहेको खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमीबाट प्रहरी टोली घटनास्थलामा पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Dec 23, 2024| 13:43 सोमबार, पुस ८, २०८१
प्रतिक्रिया दिनुहोस्