आइतबार, पुस २८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

ताप्लेजुङमा धान उत्पादनमा वृद्धि

 |  सोमबार, पुस ८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस ८, २०८१

ntc landingntc landing

ताप्लेजुङ- यस वर्ष ताप्लेजुङमा धान उत्पादनमा वृद्धि भएको छ। गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

himalayan bank box

केन्द्रका अनुसार मौसम अनुकूलतासँगै बालीलाई पानी चाहिने समयमा वर्षा भएकाले उत्पादनमा सुधार आएको हो।

यो वर्ष पाँच सय ५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा १५ हजार आठ सय ३२ मेट्रिकटन उत्पादन भएको केन्द्रका प्रमुख सन्तोष थापा मगरले बताए। यो अघिल्लो वर्षको तुलनामा ६ मेट्रिकटनले बढी हो।

यो वर्षको उत्पादनबाट ताप्लेजुङका किसान उत्साहित भएका जनाउँदै उहाँले स्थानीयस्तरमा खाद्य सुरक्षा सुनिश्चित गर्न मद्दत मिलेको बताउनुभयो। अझ अधिक उत्पादनका निम्ति किसानलाई उन्नत बीउ, मलखाद र यन्त्रको उपयोगमा जोड दिन सुझाउने उनको भनाइ छ।

प्रकाशित: Dec 23, 2024| 10:31 सोमबार, पुस ८, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्