बेरुत- जर्मन चान्सलर एन्जेला मर्केलसहित जर्मनीका सयौँ राजनीतिज्ञहरुलाई प्रभावित पार्ने गरी व्यापक विवरणहरु सार्वजनिक भएका छन्।
ती विवरणहरु गोप्य तरिकाले प्राप्त गरेर अनलाईन मार्फत चुहावट भएको सरकारी अधिकारीहरुले शुक्रबार जनाएका छन्। 'जर्मनीका सयौँ राजनीतिज्ञ तथा सार्वजनिक व्यक्तिहरुको व्यक्तिगत विवरण र दस्तावेजहरु अनलाईनबाट सार्वजनिक भएको छ,” सरकारका प्रवक्ता मार्टिन फिट्जले भने।
यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको उनले सञ्चारमाध्यमलाई जानकारी दिए। संसदको तल्लो सदन, युरोपेली संसद, क्षेत्रीय तथा स्थानीय सभाका सदस्यहरुको पनि व्यक्तिगत विवरणहरु सार्वजनिक गरिएको उनले बताए।
तर संसदले गरेको अनुसन्धानले भने संवेदनशील सूचना र विवरणहरु भने नरहेको निश्कर्ष निकालेको प्रवक्ता फिट्जले जानकारी दिए।
सार्वजनिक गरिएका विवरणहरुमा व्यक्तिगत ठेगाना, मोवाईल नम्बर, चिठीहरु, बिलहरु, परिचयात्मक दस्तावेज रहेका छन्। ती विवरणहरु अनलाइनसँगै ट्वीटरमा समेत सार्वजनिक गरिएको छ।
यी विवरणहरु द डेली बिल्ड र सार्वजनिक प्रसारक संस्था आरबीबीले सबैभन्दा पहिला सार्वजनिक गरेका हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४