सोमबार, असार ३०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • जनकपुर बोल्ट्सका समर्थकलाई अपमान र आक्रमण गर्नेलाई कारबाही गर्न मधेशी आयोगको माग

जनकपुर बोल्ट्सका समर्थकलाई अपमान र आक्रमण गर्नेलाई कारबाही गर्न मधेशी आयोगको माग

 |  आइतबार, पुस ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस ७, २०८१

vianetvianet

काठमाडौं- मधेशी आयोगले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स्बीच भएको अन्तिम खेलपछि बोल्ट्सका समर्थकहरु माथि भएको दुर्व्यवहारको भ्रत्सना गर्दै दोषी पक्षलाई कारबाही गर्न प्रहरी प्रशासनसँग अनुरोध गरेको छ।

कीर्तिपुर खेलमैदानमा हिजो शनिबार सम्पन्न एनपीएल खेलका क्रममा जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुर्व्यवहारको निन्दा गर्दै आयोगले उक्त घटनामा संलग्न व्यक्तिहरूको यथाशीघ्र पहिचान गरी उनीहरूलाई सख्त कारवाही गर्न प्रहरी प्रधान कार्यालयसँग अनुरोध गरेको हो।

आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आज एक विज्ञप्ति जारी गरी यसकिसिमका घटनाप्रति राज्य तथा प्रहरी प्रशासन संवेदनशील नभएमा सामाजिक सदभाव तथा राज्यको चौतर्फी विकासमाथि नकारात्मक असर पर्ने तथा साम्प्रदायिक एवं सामाजिक सद्भावमाथि खलल पुर्‍याउनेतर्फ सम्बद्ध पक्षको ध्यानाकर्षण गरे।  

सो घटनाका सन्दर्भमा आयोगले सदस्य जीवछ साह नेतृत्वमा  उच्चस्तरीय टोली खटाइ स्थलगत निरीक्षणसहित घाइतेहरुसँग विस्तृत विवरण बुझेपछि आवश्यक निणर्य लिने स्पष्ट गरेको छ। 

प्रकाशित: Dec 22, 2024| 15:47 आइतबार, पुस ७, २०८१
प्रतिक्रिया दिनुहोस्