शुक्रबार, साउन २९, २०८३

महोत्तरी कारागारमा एक थुनुवाको मृत्यु

 |  आइतबार, पुस ७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस ७, २०८१

महोत्तरी- महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु भएको छ। 

लागूऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशाज सुनुवारको आज मृत्यु भएको कारागार प्रशासनले जनाएको हो।

जिल्ला अदालत महोत्तरीको आदेशमा छ महिनादेखि थुनामा रहेका उहाँलाई आज बिहान स्वास्थ्यमा असजिलो महसुस भएपछि तत्काल जलेश्वर अस्पताल पुर्‍याइएको थियो। हृदयघातबाट निजको मृत्यु भएको चिकित्सकले जनाएका कारागारका सूचना अधिकारी रविनचन्द्र ठाकुरले जानकारी दिए। 

प्रकाशित: Dec 22, 2024| 15:21 आइतबार, पुस ७, २०८१
प्रतिक्रिया दिनुहोस्