शुक्रबार, पुस ४, २०८२

रवि लामिछानेविरुद्ध तीन अभियोगमा मुद्दा पेस

 |  आइतबार, पुस ७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस ७, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आरोपपत्र पेस गरिएको छ।

National life

कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा उनीविरुद्ध आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र पेस गरिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रविसहित पाँच जनाविरुद्ध अदालतमा ४ सय पृष्ठको अभियोगपत्र पेस गरेको छ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि, नेटवर्कका सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध छुट्टाछुट्टै मागदाबी गरिएको छ ।

सहकारी ठगी प्रकरणमा लामिछाने गत कात्तिक दुई गते काठमाडौंबाट पक्राउ परेका थिए। त्यसबीचमा उनीसँग कास्कीसहित रुपन्देही, काठमाडौं, चितवन र पर्सामा समेत बयान लिइएको थियो।

Laxmi sunrise bank
kumari

यसअघि शुक्रबार सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना आरोपमा जिबी राईसहित १९ जनाविरूद्ध थप अभियोग दर्ता गरेको थियो। उनीविरूद्ध १० वर्षसम्म कैद र डेढ अर्ब असुल गर्न माग गरेको थियो। 

प्रकाशित: Dec 22, 2024| 12:43 आइतबार, पुस ७, २०८१
प्रतिक्रिया दिनुहोस्