मंगलबार, असोज ६, २०८३

न्यु डायमण्ड कप : उद्घाटन खेलमा आयोजक र चितवन भिड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- दोस्रो संस्करणको न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक न्यु डायमण्ड एकेडेमी र चितवनले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता न्यु डाइमण्ड एकेडेमिको आयोजनामा यहि पुस २५ बाट २८ गतेसम्म सञ्चालन हुनेछ । 

३ विभागिय र अन्य ५ टोली गरि सहभागी ८ टोलीलाई चार समिूहमा विभाजन गरी नकआउटका आधारमा खेलाइने छ । प्रतियोगिता मा आयोजक न्यु डायमण्ड एकेडेमी, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने छन् । 

त्यस्तै, टप्स माबि पोखरा, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, चितवन ताइग्रेस र पारामाउन्ट स्कुलले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा पहिलो हुने टोलीले उपाधि सहित ३ लाख र दोस्रो हुनेले २ लाख रुपैयाँ प्रप्त गर्ने छ । 

त्यसैगरि तेस्रो हुने टोलीले एक लाख एक हजार रुपैयाँ चौथो हुने टोलीले ५१ हजार रुपैया प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने ब्यक्तिगत विधामा उत्कृष्ट हुनेले जनही ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।