सोमबार, असार ३०, २०८२

रवि लामिछानेलाई अदालत लगियो, आज मुद्दा दर्ता हुने

 |  आइतबार, पुस ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस ७, २०८१

vianetvianet

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेलाई जिल्ला अदालत कास्की लगिएको छ। उनीविरुद्ध आज अभियोग दर्ता हुँदैछ।

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेसँगै अरु ५ जनाविरुद्ध पनि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो।

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको कार्यालयले शुक्रबार सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो।  बाँकी प्रतिवादीविरुद्ध आज मुद्दा गराउने तयारी गरिएको हो।

लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी कास्की लगिएको थियो। उनीविरुद्ध कास्कीसहित पर्सा, चितवन, रुपन्देही र काठमाडौंमा पनि अनुसन्धान भइरहेको छ।

प्रकाशित: Dec 22, 2024| 11:22 आइतबार, पुस ७, २०८१
प्रतिक्रिया दिनुहोस्