शुक्रबार, पुस ४, २०८२

एउटै परिवारले बेच्यो ३४ लाखको अलैँची

 |  आइतबार, पुस ७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस ७, २०८१

इलाम- नेपालमा केही गर्न सकिएन। राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ। तर गर्नसके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको संख्या पनि नेपालमा उत्तिकै मात्रामा पाइन्छ। पछिल्लो समय कृषि पेशा छाड्नेको सङ्ख्या त बढ्दै गएको छ। तर कृषि पेशा गरेर मनग्य कमाउने किसान गाउँमा नै रमाइरहेका छन्।

National life

कृषि पेशाबाट नै गर्न सके स्वदेशमै बसेर विदेशमा भन्दा बढी आम्दानी गर्न सकिन्छ भन्ने उदारहणको पात्र बनेका छन् इलामको सन्दकपुर गाउँपालिका-२ का गिरीराज खनाल। उनले यसै वर्ष रु ३४ लाखभन्दा बढीको अलैँची उत्पादन गरेका छन्। उनी पूर्व वडाध्यक्षसमेत हुन्।

सन्दकपुर-२ माइमझुवाका किसान खनालले मकैबारी मासेर लगाएको खेतीबाट ३० मन अलैँची उत्पादन गरेको बताए। अलैँचीको मूल्य हाल १२ वर्षयताकै उच्च अर्थात् प्रतिमन रु एक लाख १५ हजार छ।

तीस मन अलैँचीको प्रतिमन रु एक लाख १५ हजारको मूल्यले पनि रु ३४ लाख ५० हजार पर्न जान्छ। यो उनको एकै वर्षको आम्दानी हो।

गाउँगाउँमा पुगेका व्यापारीले महँगो मूल्य लगाउने गरेका छन्। बजारमा व्यापारीले अलैँची प्रतिमन रु एक लाख १० हजारमा खरिद गर्ने गरेका छन्। खनालले लामो समयदेखि अलैँचीखेती गर्दै आएका छन्।

Laxmi sunrise bank
kumari

बीचमा किसानले लगाएको अलैँची मासिँदा पनि आफूले सो खेती नछाडेको उनले बताए। बीचमा दानाबाट समेत अलैँची उत्पादन गरेर जिल्ला तथा जिल्ला बाहिरका किसानसमक्ष बिरुवा पुर्याएको खनालले बताए।

धेरै मेहनत नलाग्ने अलैँचीखेतीबाट मनग्य आम्दानी लिन सकिन्छ। सुरुमा बिरुवा रोप्दा बारी फडानी गर्न र बिरुवा लगाउन धेरै खर्च हुने भए पनि त्यपछि अलैँची उत्पादन भएपछि टिप्न र छोडाउन बढी खर्च हुने गरेको किसान खनालको भनाइ छ। बीचमा गोडमेल, मलजल र पानी लगाउनुपर्ने हुन्छ । सो कार्यमा खास खर्च नलाग्ने उनले बताए।

हाल खनालले ३३ रोपनी र २४ रोपनीका दुई प्लटमा अलैँची खेती गरेका छन् । हिउँदको समयमा तुसारो पर्ने भएकाले यसबाट जोगाउन ‘ग्रीन नेट’ लगाउने गरिन्छ। आगामी वर्षदेखि उत्पादन बढ्ने उनले बताए। अलैँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । गएको वर्ष लगाएको नयाँ बिरुवाबाट पनि उत्पादन बढ्ने उनले बताए। रासस

प्रकाशित: Dec 22, 2024| 08:31 आइतबार, पुस ७, २०८१
प्रतिक्रिया दिनुहोस्