शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • एनपिएलको सर्वोत्कृष्ट खेलाडी बनेका दीपेन्द्रले पाए ६२ लाखको इलेक्ट्रिक कार

एनपिएलको सर्वोत्कृष्ट खेलाडी बनेका दीपेन्द्रले पाए ६२ लाखको इलेक्ट्रिक कार

 |  शनिबार, पुस ६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, पुस ६, २०८१

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल)मा उपविजेता बनेको सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि बनेका छन्।

National life

प्रतियोगितामा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका दीपेन्द्रले ओमोडा एन्ड जेइकोका तर्फबाट ओमोडा ई–५ मोडेलको गाडी पाएका हुन्। नेपाली बजारमा यो गाडीको प्रतिमूल्य ६२ लाख रुपैयाँ कायम छ।

सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पुर्‍याउँदा उनले अलराउन्ड प्रदर्शन गर्दै नौ खेलमा २२७ रन र नौ विकेट लिए। फाइनलमा उनको टोली सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पाँच विकेटले पराजित भएको थियो।

यस्तै, ‘इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्ट’ विपीन शर्मा बने। कर्णाली याक्सका १६ वर्षे युवा बलर विपीनले ५० हजार रुपैयाँ पुरस्कार पाए।

जनकपुरका ललितनारायण राजवंशी प्रतियोगिताको उत्कृष्ट बलर बने। उनले अल्ट्राभोयलेट एफ७७ मोडलको एउटा मोटरसाइकल प्राप्त गरे।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 21, 2024| 17:02 शनिबार, पुस ६, २०८१
प्रतिक्रिया दिनुहोस्