शुक्रबार, पुस ४, २०८२

११ करोडमा दरवाङ-बिम-दिच्याम सडक आयोजना सुरु

 |  आइतबार, पुस ७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस ७, २०८१

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिको दरवाङ-बिम-दिच्याम सडक आयोजना निर्माण सुरू भएको छ। गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत दरवाङ-बिम-दिच्याम सडकअन्तर्गत खारा-बिम-डाँडागाउँ खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो।

National life

गत असारमा ११ करोड १९ लाख ९० हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको सर्वशक्ति महामाया प्रालिले यसै महिनादेखि सडक स्तरोन्नतिका लागि प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताए।

ठेक्काको अवधि दुई वर्षको रहेको छ। विसं २०६७ मा तत्कालीन जिविस, बिम गाविस र स्थानीयवासीको चन्दा संकलनबाट बिम जोड्ने करिब सात किलोमिटर सडक निर्माण भएको थियो। हाल तीन दशमलव पाँचदेखि पाँच मिटर फराकिलो सडकलाई सात मिटर फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान, ग्राभेल र कालोपत्र गरिने भएको छ। 

दरवाङदेखि खारासम्मको सडकमा म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाका धेरै तौलका सामान बोक्ने सवारीसाधन गुड्ने र क्षति पुग्ने भएकाले खारादेखि बिम तल्लो गाउँ हुँदै डाँडागाउँसम्मको खण्डमा स्तरोन्नतिको आयोजना सञ्चालन गरिएको म्याग्दी १(२) बाट निर्वाचित रेशमबहादुर जुग्जालीले बताए।

जुग्जालीले गत वर्ष गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्दा चार करोड रूपैयाँ बजेट विनियोजन गरेर बहुवर्षीय ठेक्का लगाउन २० करोड रूपैयाँको बजेटको स्रोत सुनिश्चितता भएको थियो। चालु आर्थिक वर्षमा भने एक करोड ५० लाख रूपैयाँमात्र विनियोजन भएको छ। 

Laxmi sunrise bank
kumari

यो सडकबाट मालिका गाउँपालिका-७ को साविक बिम गाविस, धौलागिरि गाउँपालिकाको वडा नं ५ मल्कवाङ र ६ मराङ तथा मालिका गाउँपालिका-६ दिच्यामका बासिन्दा लाभान्वित हुनेछन्।

धार्मिक पर्यटकीयस्थल मालिका धुरी, प्रभुचेला, बिम बराह ताल घुम्न तथा दर्शन गर्न जाने पर्यटक एवं भक्तजनलाई सहज हुनेछ। सुुन्तला, आलुलगायत कृषिउपज बिक्री, आवतजावतमा सहज बनाउन र बसाइँसराइ कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको खाराका बासिन्दा बुद्धिबहादुर जुग्जालीले बताए। रासस

प्रकाशित: Dec 22, 2024| 07:01 आइतबार, पुस ७, २०८१
प्रतिक्रिया दिनुहोस्