शुक्रबार, पुस ४, २०८२

सुनसरीमा घट्दै गहुँखेती, बढ्दै मकै

 |  शनिबार, पुस ६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, पुस ६, २०८१

इनरूवा- सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-६ का नगेन्द्रकुमार साह पहिले एक बिघा १० कट्ठामा गहुँखेती गर्थे। उनले एक लाख रूपैयाँदेखि एक लाख ५० हजार रूपैयाँको लागतमा एक बिघा १० कट्ठामा गहुँखेती गर्दै आएका थिए।

National life

उनले गहुँखतीबाट वार्षिकरूपमा १० क्विन्टलदेखि १५ क्विन्टलसम्म उत्पादन हुँदै आएको थियो। उनलाई गहुँबाट वार्षिकरूपमा रू ७२ हजार आम्दानी हुँदै आएको थियो।

पछिल्लो समय साह गहुँखेती छोडेर मकैखेती गर्नका लागि सुरू गरेका छन्। उनले अहिले एक बिघा १० कट्ठा खेतमा मकैखेती गरेको जानकारी दिए। एक लाखदेखि एक लाख ५० हजार रूपैयाँको लगानीमा गरेको मकैखेतीबाट चार लाख रूपैयाँसम्म आम्दानी गर्ने लक्ष्यका साथ एक बिघा १० कट्ठामा मकैखेती गरेको उनले जानकारी दिए।

मकैखेतीबाट वार्षिकरूपमा एक सयदेखि एकसय २० क्विन्टलसम्म उत्पादन गरेर वार्षिकरूपमा चार लाख रूपैयाँ आम्दानी हुने गरेका कारणले पछिल्लो समय मकैखेतीतर्फ आकर्षित भएको साहले बताए।

गहुँखेतीमा कम उत्पादन हुने र कम आम्दानी हुने गरेका कारणले पछिल्लो समय मकैखेतीतर्फ आकर्षित भएको साहको भनाइ रहेको छ। साह सुनसरीका लागि उदाहरणका पात्र मात्र हुन्। पछिल्लो समय सुनसरी सदरमुकाम इनरूवासहित भोक्राहा, हरिनगर, बर्जु, गढी र देवानगञ्ज गाउँपालिकाका कृषक मकैखेतीतर्फ बढी आकर्षित भएका छन्।

Laxmi sunrise bank
kumari

जिल्लामा पछिल्लो समय वार्षिकरूपमा गहुँखेती गर्ने कृषकको सङ्ख्या क्रमिकरूपमा घट्दै गएको छ भने मकैखेती गर्ने कृषकको सङ्ख्या बढ्दै गएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए।

आर्थिक वर्ष २०८०/०८१ मा सुनसरीमा १२ हजार २ सय ४८ हेक्टर क्षेत्रफलमा गहुँखेती भएकोमा आव २०८१/०८२ मा १२ हजार एकसय २५ हेक्टर क्षेत्रफलमा किसानले गहुँखेती गरेको कार्यालय प्रमुख सिंहले जानकारी दिए।

त्यसैगरी आव २०८०/०८१ मा सुनसरीमा १० हजार छ सय ४१ हेक्टर क्षेत्रफलमा मकैखती गरेका र यस आवमा लगाउने क्रम जारी रहेका कारणले यसमा वृद्धि हुने उनले जानकारी दिए। आव २०८०/०८१ मा ३ दशमलव ३७ मेट्रिक टन गहुँको उत्पादकत्व रहेकोमा सोही आर्थिक वर्षमा ७ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर मकैको उत्पादकत्व रहेको सिंहले जानकारी दिए।

मकैखेतीमा उत्पादकत्व बढी हुनु, बजार भाउ बढी पाउनु र कुखुराको दाना बनाउनका लागि प्रयोग गर्नुलगायतका कारणले बढी मात्रमा जिल्लाका किसान मकैखेती गर्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सिंहले जानकारी दिए। सुनसरीमा हाइब्रिड ३३, ५५, ७७, रामपुरकम्पोजीट, कारगील, अल्राउण्डरलगायतका जातका मकैखेती हुने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख सिंहले जानकारी दिए। रासस

प्रकाशित: Dec 21, 2024| 20:01 शनिबार, पुस ६, २०८१
प्रतिक्रिया दिनुहोस्