शनिबार, पुस ६, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

भाटभटेनीलाई काठमाडौं महानगरले तिरायो दुई लाख जरिवाना

 |  शनिबार, पुस ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस ६, २०८१

ntc landingntc landing

काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केटलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।

himalayan bank box

ढुसी लागेको सामग्री बेचेको पाइएपछि महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले भाटभटेनी सुपर मार्केटलाई जरिवाना गरेको हो। 

महानगरको कल सेन्टरमा 'बासी, सडेगलेका र किरा लागेका खाना बेच्यो' भनी गुनासो आएको थियो। उक्त गुनासोका आधारमा विभागबाट अनुगमन गर्दा नरिवलका ४४ प्याकेटमा ढुसीजन्य पदार्थ फेला परेको हो। त्यसपछि शुक्रबार ती नरिवल नष्ट गरिएको र भाटभटेनीलाई २ लाख रुपैयाँ जरिवाना गरिएको थियो।

महानगरपालिकाले विज्ञप्ति जारी गर्दै भनेको छ, 'जरिवाना रकम महानगरपालिकाको राजश्व खातामा जम्मा गरी अबउपरान्त बिक्री गर्दा प्रचलित नेपालको कानुनको अधिनमा रही वस्तु उच्च गुणस्तर र खाद्य योग्य भएको निश्चित गरी मात्र बिक्री गर्ने प्रबन्ध मिलाउनु होला।'

vianet

प्रकाशित: Dec 21, 2024| 14:42 शनिबार, पुस ६, २०८१
प्रतिक्रिया दिनुहोस्