आइतबार, असार २९, २०८२

घट्यो काठमाडौंको तापक्रम, उच्च पहाडमा हिमपातको सम्भावना

 |  शनिबार, पुस ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस ६, २०८१

vianetvianet

काठमाडौंको न्यूनतम तापक्रम चार डिग्री सेल्सियसभन्दा तल झरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस थियो।

शुक्रबार न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो। यसअघि गत शनिबार २ डिग्री सेल्सियसमा झरेको थियो।

आइतबार ४.५ डिग्री, सोमबार र मंगलबार ४.८ डिग्री, बुधबार र बिहीबार ५.१ डिग्री सेल्सियस मापन भएको थियो।

आज काठमाडौंको मौसम सफा रहने र अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने अनुमान छ। कोशी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा शनिबार हल्का वर्षा र हिमपातको सम्भावना पनि छ। अन्य भूभागमा केही दिन मौसम सफा नै रहने पूर्वानुमान छ।
 

प्रकाशित: Dec 21, 2024| 09:00 शनिबार, पुस ६, २०८१
प्रतिक्रिया दिनुहोस्