बुधबार, जेठ २०, २०८३

बाजुरामा एकाबिहानै भूकम्प, सञ्चार सम्पर्क टुट्यो

 |  शनिबार, पुस ६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, पुस ६, २०८१
National life
Shivam cement

काठमाडौं- बाजुरामा भूकम्प गएको छ। बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान ४:१४ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको तीव्रता ५.२ म्याग्निच्यूड मापन भएको छ। भूकम्प गएपछि मानिसहरू घरबाहिर निस्किएका थिए। भूकम्पले मानवीय क्षति भएको जानकारी भने आएको छैन।

केही घर चर्किएको र भत्किएको स्थानीयले बताएका छन्। भूकम्पकै कारण सञ्चार सम्पर्क पनि टुटेको छ। 
 

प्रकाशित: Dec 21, 2024| 08:54 शनिबार, पुस ६, २०८१
प्रतिक्रिया दिनुहोस्