बुधबार, जेठ २०, २०८३

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

 |  शुक्रबार, पुस ५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ५, २०८१

काठमाडौं- सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।

National life

न्यायाधीशहरू नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले शुक्रबार प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो। प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए। 

प्रसाईं मंसिर ४ गते पक्राउ परेका हुन्। उनलाई प्रहरीको साइबर ब्युरोले साइबर अपराध कसुरमा पक्राउ गरेको थियो। सिआइबीले प्रसाईंमाथि संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान गरिरहेको थियो।

यसअघि गत मंसिर २७ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंसँग ४० हजार धरौटी माग गरेको थियो। धरौटी बुझाएर रिहा हुनेबित्तिकै उनलाई सिआइबीले नियन्त्रणमा लिएको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रसाईंमाथि भारतमा मानिस राखेर व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा अनुसन्धान गरेको थियो।

Shivam cement

प्रकाशित: Dec 20, 2024| 18:55 शुक्रबार, पुस ५, २०८१
प्रतिक्रिया दिनुहोस्