बुधबार, जेठ २०, २०८३

स्याङ्जामा आगलागीबाट १५ लाखको क्षति

 |  शुक्रबार, पुस ५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ५, २०८१
National life
Shivam cement

वालिङ- गएराति स्याङ्जाको भिरकोट नगरपालिका–१ भलुवाडाँडामा आगलागी भएको छ। भलुवाडाँडा बस्ने ८१ वर्षीय बेलनारायण श्रेष्ठको ढुङ्गा तथा माटोले बनेको कच्ची घर र गोठमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उमेशलाल श्रेष्ठले बताए।

गए राति श्रेष्ठको एकतले कच्ची गोठबाट सुरु भएको आगोले निजकै कच्ची दुई तले घर र गोठमा क्षति पुगेको छ। विद्युत् सर्ट भई आगलागी भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। प्रहरी र स्थानीयले झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए।

आगलागीबाट दुई तले कच्ची घर र गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ। रातिको समयमा अकस्मात् घर जल्दा भित्रै रहेको एक लाख ३० हजार रुपैयाँ नगद, सुन सात तोला, भाँडावर्तन, लत्ताकपडा गरी  १५ लाख रुपैयाँ बराबरको क्षति भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Dec 20, 2024| 16:01 शुक्रबार, पुस ५, २०८१
प्रतिक्रिया दिनुहोस्