शुक्रबार, पुस ४, २०८२

नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण

 |  शुक्रबार, पुस ५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ५, २०८१

काठमाडौं- सरकारले तीन वर्षअघि मुलुकका प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने योजना अघि बढाएको थियो। हालसम्म नौ स्थानीय तहमा मात्र आधारभूत अस्पताल  निर्माण गरिएको छ।

National life

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तथ्यांक अधिकृत सूर्यबहादुर खड्काका अनुसार हाल चार सय २५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम भइरहेको छ। मन्त्रालयले अस्पताल नभएका ६ सय ५७ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने निर्णय गरेको थियो।

‘सतचालिस स्थानीय तहमा सम्झौताअनुसार अस्पताल निर्माण गर्न रकम विनियोजन गरिएको छ। चालु आर्थिक वर्ष २०८१-८२ मा ८४ स्थानीय तहमा चार अर्ब ४३ करोड पठाइसकेका छौँ’, अधिकृत खड्काले भने।

सरकारले पहिलो चरणमा तीन सय ९६ र दोस्रो चरणमा दुई सय ६१ स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेको थियो। केही पालिकामा जग्गा विवाद र राजनीतिक कारण निर्माण कार्य अघि बढ्न सकेको छैन। सरकारले तीन सय ९६स्थानीय तहमा निर्माणको स्रोत सुनिश्चित गरिसकेको छ। दुई सय ६१ पालिकामा अस्पताल निर्माण गर्न स्रोत सुनिश्चित भएको छैन।

‘स्रोत सुनिश्चित नभएका स्थानीय तह आफैले अस्पताल बनाइरहेका छन्। सिन्धुपाञ्चोकको सुनकोसी गाउँपालिका आफैले अस्पताल भवन बनाएको छ’, अधिकृत खड्काले भने।

Laxmi sunrise bank
kumari

 उनका अनुसार अहिलेसम्म तीन सय ९६ पालिकामा अस्पताल बनाउन ५१ अर्ब ८४ करोड ५५ लाख र दुई सय ६१ पलिकाका लागि तीन अर्ब २० करोड विनियोजन गरिएको छ।

विसं २०७७ मा  प्रधानमन्त्री केपी शर्मा ओलीले पालिका तहमा पाँच, १० र १५ श्ययाको अस्पताल निर्माण गर्ने निर्णय गरेका थिए। त्यही अनुसार ८० पालिकामा पाँच श्ययाको, एक सय ५४ पालिकामा १० श्यया तथा चार सय २३ पालिकामा १५ श्ययाका अस्पताल निर्माण गर्न थालिएको हो।

सरकारले पाँच श्ययाका लागि रु सात करोड ११ लाख ९८ हजार, १० श्ययाका लागि रु १० करोड ८३ लाख ३६ हजार र १५ श्ययाका लागि रु १८ करोड ६ लाख ४२ हजार विनियोजन गरेको छ।

प्रकाशित: Dec 20, 2024| 16:31 शुक्रबार, पुस ५, २०८१
प्रतिक्रिया दिनुहोस्