बुधबार, साउन १३, २०८३

देहरादुनमा नेपाललाई ५ स्वर्ण र एक रजत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल सोतोकान कराते एसकेडियुएनले भारतको देहरादुनमा आयोजना भएको प्रथम अन्तर्राष्ट्रिय इन्डो सोतोकान कराते च्याम्पियनसिपमा ५ स्वर्ण र एक रजत प्राप्त गरेको छ ।

नेपाल सोतोकान कराते संघका महासचिव एवं बरिष्ठ प्रशिक्षक तथा च्याम्पियनसिपका रेफ्रि गोविन्द श्रेष्ठका अनुसार नेपालले ५ स्वर्ण र १ रजत प्राप्त गरेको छ । 

४५-५० केजी तौलमा नेपालका राम नारायणले काता र कुमितेतर्फ स्वर्ण पदक हात पारेका हुन् । यस्तै गिता सुनुवारले काता र कुमिते दुवैमा स्वर्ण तथा सुरज बिकले कुमितेमा स्वर्ण तथा कातामा रजत पदक प्राप्त गर्न सफल भएको प्रशिक्षक श्रेष्ठले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।