मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार महासंघ अध्यक्षसहित केही महत्वपूर्ण पदमा महिला निर्वाचित

पत्रकार महासंघ अध्यक्षसहित केही महत्वपूर्ण पदमा महिला निर्वाचित

 |  आइतबार, मंसिर ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३०, २०८१

काठमाडौं- नेपाल पत्रकार महासंघले पहिलो पटक महिला नेतृत्व पाएको छ। नेपाली कांग्रेस निकट प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारीले गठबन्धन गरेपछि महासंघले इतिहासमै पहिलो पटक महिला अध्यक्ष पाएको हो।

National life

यही मंसिर २८ गते सम्पन्न निर्वाचनबाट चौतारीकी निर्मला शर्मा अध्यक्ष निर्वाचित भएकी छन्। आइतबार रातिसम्म यसको औपचारिक घोषणा भने भएको छैन। उनका निकटतम प्रतिस्पर्धी प्रेस युनियनमा विद्रोह गरेका रमेश विष्ट थिए। देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि अध्यक्षको उम्मेदवार थिए।

अघिल्लो पटक उनै शर्मा युनियनका विपुल पोखरेलसँग पराजित भएकी थिइन्। त्यसबेला प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरबीच गठबन्धन भएको थियो। सरकारमा हुने गठबन्धन अनुसार नै पत्रका महासंघमा तालमेल हुने गरेको छ।

केन्द्रीय अध्यक्षसँगै अन्य केही महत्वपूर्ण ठाउँमा पनि महिला पत्रकार नेतृत्वमा आएका छन्।  गण्डकी प्रदेश महासचिवमा जमुना वर्षा शर्मा निर्वाचित भएकी छन् भने कोशी प्रदेश महासचिवमा हिमा चेम्जोङ चुनिएकी छन्।

यसैगरी सबैभन्दा धेरै सदस्य भएको काठमाडौं शाखा अध्यक्षमा शोभा अर्याल विजयी भएकी छन्। मोरङ जिल्ला अध्यक्षमा निर्वाचित सुशीला पाठक चुनिएकी छन्। रोल्पामा खुबिना मगर र मुस्ताङमा सुनदेवी रसाइली निर्वाचित भएका छन्। 

Laxmi sunrise bank
kumari

समयमा निर्वाचन गर्न नसकेर अध्यक्ष विपुल पोखरेल र उपाध्यक्ष रमेश विष्टले राजीनामा दिएपछि निर्वाचन गराउने जिम्मेवारी पनि महिला उपाध्यक्ष बाला अधिकारीको काँधमा आएको थियो।

उता नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को अध्यक्षमा मेनुका कार्की निर्वाचित भएकी छन्। उनले अध्यक्षमा उम्मेदवार रहेका प्रतिस्पर्धी इन्द्र बानियाँलाई पराजित गरेकी हुन्। कार्कीले एक सय मत र बानियाँलाई ८७ मत प्राप्त भएको थियो।

प्रकाशित: Dec 15, 2024| 21:00 आइतबार, मंसिर ३०, २०८१
प्रतिक्रिया दिनुहोस्