बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ‌औपचारिक रुपमै फुट्यो ज्योति समूह, पद्म ज्योतिको नेतृत्वमा नयाँ ग्रुप

‌औपचारिक रुपमै फुट्यो ज्योति समूह, पद्म ज्योतिको नेतृत्वमा नयाँ ग्रुप

 |  आइतबार, मंसिर ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३०, २०८१

काठमाडौं- नेपालको एक पुरानो व्यापारिक तथा औद्योगिक घराना ज्योति समूह विभाजन भएको छ।

National life

ज्योति समूहबाट आफ्ना सम्पूर्ण कम्पनीहरू सञ्चालन गर्दै आएका पद्म ज्योतिले आइतबार 'पद्म ज्योति समूह' घोषणा गरेका हुन्।

समूहको अध्यक्ष पद्म ज्योति रहेका छन् भने मीरा ज्योति संस्थापक सदस्य र सौरभ, सुहृद, सिर्जना र आरती ज्योति निर्देशक रहेका छन्।

यसअघि ज्योति समूहका मुख्य सदस्य पद्म ज्योति र रूप ज्योति रहेका थिए। उनीहरूका पिता मणिहर्ष ज्योतिले सन् १९४० मा स्थापना गरेको 'ज्योति ग्रुप' बाट आफ्ना कम्पनीहरू सञ्चालन गर्दै आएका थिए। लामो समयदेखि दुई दाजुभाइ (पद्म र रूप ज्योति) बीच विवाद बढ्दै गएको थियो।

आइतबार पद्म ज्योतिले समूहको लोगो सार्वजनिक गर्दै नयाँ औद्योगिक समूह सञ्चालनमा आएको जानकारी गराएको छ। अध्यक्ष पद्म ज्योतिले बाबु मणिहर्षको विरासतलाई कायम राख्नको लागि नयाँ अध्याय सुरू गरिएको बताएका छन्।

Shivam cement

यो समूह अन्तर्गत हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा दुई पांग्रे सवारीसाधन छन्।

पद्म ज्योति समूहले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्ने र नयाँ पुस्ताको नेतृत्वमा संस्थागत विकासलाई अगाडि बढाउने लक्ष्य राखेको जनाएको छ।

प्रकाशित: Dec 15, 2024| 19:45 आइतबार, मंसिर ३०, २०८१
प्रतिक्रिया दिनुहोस्