मंगलबार, पुस १, २०८२

आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु

 |  आइतबार, मंसिर ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३०, २०८१

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको आज मृत्यु भएको छ। 

National life

चितवनको रत्ननगर नगरपालिका–१२ घर भई बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले शनिबार दिउँसो १२ बजे किरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार गम्भीर घाइते भएका आचार्यको उपचारका क्रममा आज मृत्यु भएको हो।

स्कुटरमा आएकी उनले शनिबार दिउँसो आफूमाथि पेट्रोल छर्केर आगो लगाएकी थिइन्। गम्भीर घाइते भएकी उनको उपचारका क्रममा आज साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो।

प्रकाशित: Dec 15, 2024| 17:26 आइतबार, मंसिर ३०, २०८१
प्रतिक्रिया दिनुहोस्