शनिबार, साउन ३०, २०८३

भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित

 |  आइतबार, मंसिर ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३०, २०८१

तुलसीपुर- दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित खुमखानीमा भालुले बाख्रा खान थालेपछि किसान चिन्तित भएका छन्। राति बाख्रा खोरमा पसेर बाख्रा मारिदिने र खाइदिने गरेको किसानले बताएका छन्। त्यहाँ अहिलेसम्म पाँच घरका २१ बाख्रा मारिदिएको स्थानीयले बताएका छन्।

स्थानीय निर्मला थापाका सात वटा, थम्मन विकका पाँच वटा, विकास घर्तीका पाँच र पोकबहादुर थापाका चार वटा बाख्रा मारिदिएको छ। भालुले बाख्रा खोर भत्काउन थालेपछि खाना खाने कोठामा बाख्रालाई राख्ने गरिएको स्थानीय पोकबहादुर थापाले बताए।

'हामीले पालेका बाख्रा भालुले खोरमा गएर मारिदिने गरेको छ', उनले भने, 'अहिले त हामीले खाना बनाउने कोठामा बाख्रा राख्ने गरेका छौँ।' खुमखानी सोही वडाको विकट क्षेत्र हो। त्यहाँ प्रहरी पोष्ट नहुँदा पनि यसरी असुरक्षित हुनुपरेको उनको भनाइ छ।

एक महिनायता भालुले यसरी सताउने गरेको हो। अहिले बाख्रालाई मार्ने गरेको भए पनि मानिसलाई पनि क्षति हुनसक्ने भन्दै यसमा सचेत हुनुपर्ने स्थानीय अगुवा जीतबहादुर थापाले बताए।

प्रकाशित: Dec 15, 2024| 19:31 आइतबार, मंसिर ३०, २०८१
प्रतिक्रिया दिनुहोस्