मंगलबार, पुस १, २०८२

अभिभावकविहीन ९४ बालबालिकालाई भत्ता

 |  आइतबार, मंसिर ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३०, २०८१

National life
Laxmi sunrise bank
kumari

डडेल्धुरा- नवदुर्गा गाउँपालिकाका अभिभावकविहीन ९४ जना बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ। आर्थिक वर्ष २०७४/७५ देखि गाउँपालिकाले उक्त भत्ता प्रदान गर्दै आएको हो।

पालिकाका उपप्रमुख निर्मला विष्टका अनुसार ती बालबालिकालाई जनही रु एक हजार प्रदान गरिएको हो। त्यसबाट उनीहरूलाई थोरै भए पनि सहयोग पुग्ने छ। भत्ता रकम आमाबाबु गुमाएका बालबालिका तथा पारिवारिक र सामाजिक वञ्चितीकरणमा परेका १८ वर्षमुनिकालाई प्रदान हुँदै आएको छ। गाउँपालिकाले राहत तथा उद्धारकोषमार्फत कार्यविधि जारी गरेर सुरक्षा भत्ता प्रदान गरेको हो।

प्रकाशित: Dec 15, 2024| 18:31 आइतबार, मंसिर ३०, २०८१
प्रतिक्रिया दिनुहोस्