मंगलबार, पुस १, २०८२

पर्साबाट ३० लाखको भन्सार छलीका कपडा बरामद

 |  आइतबार, मंसिर ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३०, २०८१

काठमाडौं- पर्साको वीरगञ्ज महानगपालिका-६ लाटगल्लीबाट सशस्त्र प्रहरी बलले ३० लाख रूपैयाँ बराबरको कपडा बरामद गरेको छ।

National life

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको टोलीले भन्सार छलेर गोदाममा भण्डारण गरिराखेको कपडा र कस्मेटिक सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

बरामद गरिएको कपडामा कुर्तासुरूवाल एक हजार ६ सय २७ थान, स्काफ एक हजार सात सय २२ थान, सल दुई हजार सात सय ६८ थान, लेडिज ब्याग, साडीपिन, लङ्‌कोटलगायत रहेको छ।

ती सामानको मूल्य ३० लाख ४९ हजार सातसय रूपैयाँ कायम गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। रासस

प्रकाशित: Dec 15, 2024| 18:01 आइतबार, मंसिर ३०, २०८१
प्रतिक्रिया दिनुहोस्