बुधबार, पुस २, २०८२

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

 |  आइतबार, मंसिर ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३०, २०८१

National life
Laxmi sunrise bank
kumari

भक्तपुर- मोटरसाइकलले ठक्कर दिँदा भक्तपुरमा एकजना पैदलयात्रीको मृत्यु भएको छ। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक जोरपाटीमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले नलिञ्चोकमा आज बिहान पैदलयात्रीलाई ठक्कर दिएको हो।

दुर्घटनामा रामेछाप दोरम्वा गाउँपालिका–४ घर भई हाल नलिञ्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौउपानेले जानकारी दिए। 
    
मोटरसाइकल चालक काभ्रेको बनेपा नगरपालिका–६ बस्ने ४४ वर्षीय जीतेन्द्र श्रेष्ठलाई पक्राउ गरी सवारीसाधनसहित प्रहरी वृत जगातीमा थप अनुसन्धान थालिएको उनले बताए। 

प्रकाशित: Dec 15, 2024| 14:42 आइतबार, मंसिर ३०, २०८१
प्रतिक्रिया दिनुहोस्