आइतबार, मंसिर ३०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

एकै वर्षमा तीन करोड बढीको कृषि उपज बिक्री

 |  आइतबार, मंसिर ३०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३०, २०८१

ntc landingntc landing

म्याग्दी- बेनी नगरपालिका–४ सिङ्गामा सञ्चालित हरियाली कृषि फार्मले एक वर्षको अवधिमा तीन करोड रुपैयाँभन्दा बढी मूल्यको कृषि उपज बिक्री गरेको छ।

himalayan bank box

गत आर्थिक वर्ष २०८०र८१ मा तीन करोड १६ लाख ६३ हजार चार सय ७८ मूल्य बराबरको अण्डा, सागसब्जी, माछा, फूल, मल आदि कृषिजन्य वस्तु बिक्री गरेको उक्त कम्पनीले जनाएको छ।

कम्पनीले प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा तातोपानीमा स्नान र भ्रमणमा आउने पाहुनाका लागि सिङ्गामा रेष्टुरेष्ट र होटल पनि सञ्चालन गरेको कम्पनीका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए।

गत वर्षको तुलनामा तरकारी तथा फलफूल, लेयर्स कुखुरा, लोकल कुखुरा, मल बिक्री र रेष्टुरेण्टतर्फको आम्दानी बढेको उनले जानकारी दिए। १२ करोड रुपैयाँ लगानी भएको हरियाली म्याग्दीको सबैभन्दा ठूलो कृषि फार्म हो। ६४ जना शेयर सदस्यको चार करोड ८३ लाख रुपैयाँ शेयर पुँजी रहेको कम्पनीमा राष्ट्रिय वाणिज्य बैंकले पाँच करोड रुपैयाँ सहुलियतपूर्ण ब्याज अनुदानको ऋण लगानी गरेको छ।

सिङ्गामा १७ परिवार किसानको ८५ रोपनी, आङेबगरमा १९ परिवारको ८५ रोपनी र भकिम्लीमा १० दशमलव पाँच रोपनी जग्गाधनीसँग भाडा सम्झौता गरेर कृषि फार्म सञ्चालन गरिएको छ।

vianet

प्रकाशित: Dec 15, 2024| 10:01 आइतबार, मंसिर ३०, २०८१
प्रतिक्रिया दिनुहोस्