एजेन्सी- स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी खेलाडी लिओनल मेस्सी वर्ष २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले बालोन डि‘ओर विजेता लुका मोड्रिच, युभेन्टसका क्रिस्टियानो रोनाल्डो (रियल मड्रिडका पूर्वखेलाडी) लगायतलाई पछि पार्दै सर्वोत्कृष्ट घोषित भएका हुन् ।
स्पेनको प्रतिष्ठित खेल मिडिया ‘मार्सा’ प्रदान गर्ने उक्त अवार्डका लागि २०१८ भरिको प्रदर्शनका आधारमा विभिन्न १०० जना खेलाडीको सूची सर्वाजनिक गरेको थियो। जसमा मेस्सी सबैभन्दा शीर्ष स्थानमा रहे ।
‘मार्सा’ले आफ्नो मूल्यांकनका साथै पाठकलाई पनि भोट गर्ने अवसर दिएको थियो । पाठक र आफ्नो जर्ज प्यानलको निर्णयअनुसार मेस्सी शीर्ष उक्त अवार्ड जितेका हुन् ।मेस्सीले २०१८ मा बार्सिलोनालाई ला लिगा र कोपा डेल रे कपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । यसअघि मेस्सीले पाँचौं गोल्डेनबुटसमेत जितिसकेका छन् ।
‘मार्सा’ले जारी गरेको उत्कृष्ट १०० खेलाडीको सूचीमा टप-५ मा मेस्सीपछि रियल मड्रिडका लुका मोड्रिक, एथ्लेटिको मड्रिडका एन्टोनी ग्रीजम्यान, रियलका पूर्वखेलाडी तथा हाल युभेन्टसबाट खेलिरहेका क्रिस्टियानो रोनाल्डो र पिएसजीका केलियन एमबाप्पे क्रमशः दोस्रो, तेस्रो र चौथो र पाँचौं नम्बरमा रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४