मंगलबार, चैत २४, २०८२

रोनाल्डो राष्ट्रिय टोलीमा फर्किन तयार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी राष्ट्रिय टोलीमा फर्किने खबर बाहिरिएसँगै इटालियन क्लब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पनि पोर्चुगिज राष्ट्रिय टोलीमा फर्किने भएका छन् । 

रसिया विश्वकपपछि पोर्चुगल राष्ट्रिय टोलीबाट विश्राम लिएका रोनाल्डोले २०१९ मा नयाँ ढंगले राष्ट्रिय टोलीमा फर्किन आफू तयार रहेको घोषणा गरेका हुन्।

‘म २०१९ मा राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्पमा फर्किन तयार छु र अवश्य पनि, यो मेरा लागि निकै सुन्दर कुरा हुनेछ ।’ रोनाल्डोले भने, ‘जसरी म अझै पनि क्लबका लागि सबथोक जित्न चाहन्छु, पोर्चुगलका लागि पनि सबथोक जित्न चाहन्छु ।’

रोनाल्डोले सहमतिअनुसारै आफू आधा सिजन राष्ट्रिय टोलीमा नरहेको समेत बताएका छन् । ‘यो समझदारी थियो कि, म आधा सिजन पोर्चुगिज टोलीमा हुनेछैन ।’  रुस विश्वकपको अन्तिम १६ मा उरुग्वेसँग पराजित हुँदै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएपछि रोनाल्डो टोलीबाहिर रहँदै आएका छन् । 

उनले रुस विश्वकपमा ४ गोल गरेका थिए । रोनाल्डोले पोर्चुगलका लगि १ सय ५४ खेल खेल्दै कूल ८६ गोल गरिसकेका छन् । उनी पोर्चुगलको इतिहासमै सर्वाधिक धेरै गोल गर्ने खेलाडी हुन् ।

सन् २०१९ मा पोर्चुगलले युइएफए नेसन्स लिग फुटबल खेल्दैछ । पोर्चुगल सेमिफाइनल पुगिसकेको छ । पोर्चुगलले सेमिफाइनलमा स्वीट्जरल्यान्ड प्रतिस्पर्धी पाएको छ । अर्को खेलमा इंग्ल्यान्ड र नेदरल्यान्ड्ससँग भिड्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।