शनिबार, पुस ५, २०८२

चार महिनामा भित्रियो सवा पाँच खर्ब रेमिट्यान्स

 |  बिहीबार, मंसिर २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २७, २०८१

काठमाडौं- चालु आर्थिक वर्षको पाँच महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो ९.१ प्रतिशतको वृद्धि हो।

National life

गत वर्षको पहिलो चौमासमा रेमिट्यान्स आप्रवाह २२.५ प्रतिशतले बढेको थियो। ‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ। गत वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ।

चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४७ हजार ४ सय ७८ र पुनः श्रमस्वीकृति लिनेको संख्या ९४ हजार १ सय ५ रहेको छ।

गत वर्षको सोही अवधिमा यो संख्या क्रमशः १ लाख ३७ हजार ४ सय ७५ र ६८ हजार ८ सय ४१ रहेको थियो।

प्रकाशित: Dec 12, 2024| 16:47 बिहीबार, मंसिर २७, २०८१
प्रतिक्रिया दिनुहोस्