बुधबार, जेठ २०, २०८३

हुन्डाई नेपालले ल्यायो 'डिसेम्बर डिलाइट' अभियान

 |  बिहीबार, मंसिर २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २७, २०८१

नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले डिसेम्बर ९, २०२४ देखि 'डिसेम्बर डिलाइट' अभियान सुरू गरेको छ। डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकहरूले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरूको फाइदा लिन सक्नेछन्।

National life

डिसेम्बर डिलाइट अन्तर्गत ग्राहकहरूले ६ लाख रूपैयाँसम्मको छुट ५ लाख रूपैयाँसम्मको एक्स्चेज बोनस र एक वर्षको बीमा सेवा प्राप्त गर्न सक्नेछन्। त्यस्तै, यस अभियानमा जिरो कस्ट अनरशिप प्लान रहेको छ जसमा ग्राहकहरूले आफूलाई मन पर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन्।

साथै ३ वर्षको निःशुल्क चेक–अप, गाडी मर्मत सामग्रीहरू तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिनेछ।

हुन्डाई नेपालले ग्राहकहरुको अनुभवलाई सधैँझैँ विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको हो।

तसर्थ, देशभरका सो–रुमहरुमा उपस्थित भई यस अभियानको फाइदा उठाउन सबै ग्राहकहरूलाई अनुरोध र प्रोत्साहित गर्दछ। योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर र थापाथाली सोरूमहरूमा पर्व विशेष कार्यक्रमहरूको पनि आयोजना हुने बताइएको छ।

Shivam cement

प्रकाशित: Dec 12, 2024| 16:28 बिहीबार, मंसिर २७, २०८१
प्रतिक्रिया दिनुहोस्