मंगलबार, चैत २४, २०८२

लिभरपुलको अपराजित यात्रामा सिटीले पूर्णाविराम लगायो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलको जारी सिजनमा अपराजित रहेको लिभरपुलले आफ्नो पहिलो हार बेहोरेको छ ।बिहीबार राति भएको खेलमा लिभरपुल म्यानचेष्टर सिटीसँग २-१ गोलले पराजित भएको हो । जारी सिजनमा यो नै लिभरपुलले पहिलो हार हो ।

लिभरपुललाई पराजित गर्न घरेलु टोलीका सर्जियो अग्विरो र लिरोए सानेले एक एक गोल गरे । लिभरपुलका रोबर्टो फिर्मिनोले एक गोल फर्काए ।

निकै नै रोमाञ्चक बनेको खेलमा पहिलो गोलका लागि निकै नै समय कुर्नु पर्यो । पहिलो हाफ सकिन ५ मिनेट बाँकी रहँदा घरेलु टोली सिटीले अग्रता लिएको थियो । सिटीलार्इ अग्रता दिलाउन सर्जियो अग्विरोले गोल गरेका थिए ।उनले बर्नार्डो सिल्भाको पासलाई सदुपयोग सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफ १-० गोलमा सकिएको खेलको दोस्रो हाफमा थप दुर्इ गोल भए । लिभरपुललार्इ खेलमा फर्काउन खेलको ६४औं मिनेटमा रोबर्टो फिर्मिनोले बराबरी गवल गरे । 

७२औं मिनेटमा लिरोए सानेले रहिम स्ट्रलिङको पासमा गोल गरेपछि सिटीले खेलमा २-१ को अग्रता बनायो । त्यसपछि थप गोल हुन नसक्दा सिटीले लिभरपुलमाथि विजयी भएको हो ।

लिभरपुलसँग विजयी भएपछि साविकको विजेता सिटी उपाधि यात्रामा फर्किएको छ । सिटी २१ खेलबाट ५० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । सिटी शीर्ष स्थानको लिभरपुलभन्दा ४ अंकले मात्रै पछि छ । लिभरपुलको ५४ अंक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।