शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालमा एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६० मोडलका बाइक सार्वजनिक गर्ने हिरो मोटोकर्पको घोषणा

नेपालमा एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६० मोडलका बाइक सार्वजनिक गर्ने हिरो मोटोकर्पको घोषणा

 |  बिहीबार, मंसिर २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २७, २०८१

काठमाडौं- हिरो मोटोकर्पले रोमाञ्चक नयाँ मोडलका बाइक सार्वजनिक गर्ने घोषणा गरेको छ। यस कम्पनीले आफ्ना नवीनतम उत्पादनहरू एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६० मोडलका बाइक सार्वजनिक गर्ने घोषणा गरेको हो।

National life

बहुप्रतीक्षित यी दुवै नयाँ मोडलका बाइक २६ मंसिरमा गोकर्ण फरेस्ट रिसोर्टमा भव्य कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिने कम्पनीले बताएको छ। नयाँ बाइकहरूले अटोमोबाइलप्रेमी र उद्योगका सरोकारवालाहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।

सार्वजनिक हुने क्रममा रहेका एक्स्ट्रिम सिरिज उच्च प्रदर्शन, अत्याधुनिक विशेषताहरू र साहसी तथा आकर्षक डिजाइनको एक उत्कृष्ट संयोजन भएको कम्पनीले जनाएको छ। यी नयाँ सिरिजका बाइकले नेपाली दुईपाङ्ग्रे बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दाबी छ।

एक्स्ट्रिम १२५ का विशेषता:
एक्स्ट्रिम १२५ मोडलको बाइकमा सुरक्षित यात्रा तथा सवारीका लागि उन्नत ब्रेकिङ प्रविधि सिङ्गल च्यानल एबीएस रहेको छ। यस बाइकले सर्वाधिक गति र तीव्रताको समायोजनसहितको रोमाञ्चक सवारी अनुभव गराउँछ। त्यस्तै, सुरक्षित यात्राका लागि स्थिरता र उत्कृष्ट नियन्त्रण प्रदान गर्न फराकिलो रियर टायरको व्यवस्था छ।

त्यस्तै, एक्स्ट्रिम १२५ मा सुदृढ दृश्य तथा यात्रामा सुरक्षार्थ नवप्रवर्तनात्मक प्रविधिसहितको एलईडी हेडलाइट्को सुविधा छ। साथै, चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा उपलब्ध गराउन ब्लुटुथ कनेक्टिभिटी पनि राखिएको छ।

Laxmi sunrise bank
kumari

एक्स्ट्रिम १६० का मुख्य विशेषताः
एक्स्ट्रिम १६० मोडलको बाइक श्रेणीकै सर्वाधिक गति क्षमता भएको बाइक रहेको कम्पनीले जनाएको छ।
तीव्र गतिको चाहना राख्नेका लागि विशेष रूपमा डिजाइन गरिएको यो बाइकमा रोमाञ्चक अनुभूतिका साथै सुरक्षाका लागि आवश्यक संयन्त्रको उचित व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार, प्रभावकारी फ्रन्ट ब्रेकिङ प्रणाली 'केवाईबी फ्रन्ट यूएसडी सस्पेन्सन'को व्यवस्थाले आरामदायी, नियन्त्रित र सहज यात्राको सुनिश्चितता प्रदान गर्छ। साथै, चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा उपलब्ध गराउन ब्लुटुथ कनेक्टिभिटी पनि राखिएको छ।

नयाँ सिरिजले हिरो मोटोकर्पको गुणस्तर, नवप्रवर्तन र उत्कृष्ट सवारी अनुभवप्रतिको प्रतिबद्धतालाई अझ प्रस्ट्याउन सघाउने कम्पनीको विश्वास छ। शहरका व्यस्त सडक होस् वा फराकिला राजमार्गमा एक्स्ट्रिम सिरिजले हरेक यात्रालाई उत्कृष्ट बनाउने कम्पनीको दाबी छ।

प्रकाशित: Dec 12, 2024| 16:27 बिहीबार, मंसिर २७, २०८१
प्रतिक्रिया दिनुहोस्