मंगलबार, चैत २४, २०८२

रियल मड्रिडले भिल्लारियालसँग बराबरी खेल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड भिल्लारियालसँग बराबरीमा रोकिएको छ । बिहिबार राति भएको खेलमा रियल भिल्लारियालसँग २-२ को बराबरीमा रोकिएको हो ।

भिल्लारियालको घरेलु मैदानमा भएको खेलमा रियालले अग्रता जोगाउन नसक्दा अंक बाड्न बाध्य भयो। भिल्लारियालका सान्टी कार्जोलाले दुई गोल गर्दा रियलका करिम बेन्जेमा र राफेल भरानले एक एक गोल गरे ।

घरेलु टोलीका लागि खेलको चौथो मिनेटमा स्यामुयल चुकवुजीको पासमा सान्टी कार्जोलाले गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाएका थिए । तर, भिल्लारियालको त्यो अग्रता लामो समय टिकेन । सातौ मिनेटमा करिम बेन्जेमाले लुकास भाज्केजको पासलाई सदुपयोग गर्दै बराबरी गोल फर्काएका थिए ।

२०औं मिनेटमा टोनी क्रुसको पासमा राफेल भरानले हेडमार्फत गोल गरेपछि रियलले २-१ को अग्रता बनाएको थियो । पहिलो हाफमा २-१ ले सकिदा दोस्रो हाफमा थप एक गोल भएको थियो । दोस्रो हाफमा भिल्लारियालका सान्टी कार्जोलाले व्यक्तिगत दोस्रो गर्दै खेल पुन:बराबरीमा ल्याए । उनले ८२औं मिनेटमा गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए ।

बराबीपछि रियल १७ खेलबाट ३० अंक जोडेर चौथो स्थानमा यथावत रहँदा भिल्लारियाल १७ खेलबाट १६ अंक जोडेर रेलिगेसन जोनबाट एक स्थान माथि रहेको छ । बार्सिलोना ३७ अंकसहित शीर्षस्थानमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।