मंगलबार, चैत २४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • उत्कृष्ट युवा खेलाडीलाई ‘मणि विक्रम शाह युवा खेलाडी अवार्ड’ प्रदान गरिने 

उत्कृष्ट युवा खेलाडीलाई ‘मणि विक्रम शाह युवा खेलाडी अवार्ड’ प्रदान गरिने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई ‘मणि विक्रम शाह युवा खेलाडी अवार्ड’ प्रदान गरिने भएको छ ।

 राष्ट्रिय टोलीका पूर्व कप्तान स्वर्गीय मणि विक्रम शाहको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले विज्ञप्तिमार्फत उक्त पुरस्कार प्रदान गरिने जनाकरी दिएको हो । 

‘मणि विक्रम शाह युवा खेलाडी अवार्ड’ प्राप्त गर्ने खेलाडीले १ लाख प्राप्त गर्नेछ । नेपाली फुटबललाई माथि उठाउन निकै नै महत्वपुर्ण भुमिका खेलेका शाहको यसै बर्ष उपचारको क्रममा निधन भएको थियो । 

सन् १९९३ मा दक्षिण एसियाली फुटबलमा नेपालले स्वर्ण जित्दा उनले गरेको फ्रिकिक गोलको चर्चा अहिले पनि उत्तिकै छ । उक्त फाइनलमा २-१ ले पछि परेको अवस्थामा मणिले खेल सकिन ३० सेकेण्ड बाँकी रहँदा फ्रिकिकमार्फत लोभलाग्दो गोल गरेपछि नेपालले भारतलाई बराबरीमा रोक्दै पेनाल्टी सुटआउटमा भारतलाई पराजित गर्न सफल भएको थियो । 

नेपाली टिमबाट सन् १९८५ बाट १९९८ सम्म ४८ खेल खेलेका मणिको नाममा अन्तर्राष्ट्रिय ६ गोल रहेको छ । जुन नेपाली फुटबलमा उनलाई सम्झना दिलाउने धेरै सफलता मध्येको एक हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।